फ्रान्समा छ लाखभन्दा बढी पन्छी मारियो

अन्तर्राष्टिय समाचार

फ्रान्समा छ लाखदेखि छ लाख ५० हजारसम्म पन्छीहरू मारिएको छ । बर्ड फ्लु फैलिन थालेपछि सरकारले शंकास्पद क्षेत्रका कुखुरा, हाँस लगायतका पन्छीहरू मार्न लगाएको हो ।

पन्छीको सो सङ्ख्या पछिल्लो एक महिनामा मारिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । फ्रान्समा सन् २०१५ देखि बर्ड फ्लुको महामारी आएको र अहिले चौथो चरणको खतरा रहेको बताइएको छ । महामारी फैलिन सक्ने देखिएका क्षेत्रका २६ फार्मका पन्छी अहिले मारिएका कृषि मन्त्रालयले जनाएको छ । फ्रान्स जस्तै अरु धेरै युरोपेली देशहरूमा पनि अहिले बर्ड फ्लुको महामारी आउने खतरा देखिएको छ । कोरोना भाइरसको महामारीले मानिसलाई त्रसित पारिरहेकै बेला बर्ड फ्लु भाइरसको महामारीले पीडा थपेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *