क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले महिलामाथि हुने हिंसालाई भगवानको अपमान भएको बताउनु भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शनिबार फ्रान्सिसले दिनुभएको सन्देशमा समस्त विश्व समुदायमा शान्तिका लागि आग्रह गर्नुभएको छ ।
विश्वका १ अरब ३० करोड क्याथोलिक धर्मावलम्बीका प्रमुख फ्रान्सिसले ५५ औँ विश्व शान्ति दिवसलाई मनाउँदै आफ्नो प्रार्थनालाई विश्वभरि हिंसा रोक्न प्रोत्साहन गर्न समर्पित गर्नुभएको हो ।
‘सेन्ट पिटर्स स्क्वायर’ मा भेला भएका अनुयायीहरूको भीडलाई उनीहरूको वैचारिक नेतृत्व शान्ति कायम गर्नका लागि लगाउन आग्रह गर्नुभएको छ । अपोस्टलिक दरबारको झ्यालबाट घमाइलो आकाशमुनि बोल्दै पोपले भन्नुभयो, “शान्ति, शान्ति, शान्ति सोचेर घर जाऔं । हामीलाई शान्ति चाहिन्छ । डिसेम्बर १७ मा ८५ पुग्नु भएका पोपले आफ्ना अनुयायीहरूलाई सबैभन्दा कमजोर व्यक्तिहरूतर्फ ध्यान दिन, अरूलाई क्षमा दिन र न्यायलाई बढवा दिन आग्रह गर्नुभएको छ ।