अमेरिकाको अपार्टमेन्टमा आगलागी ७ बालबालिका सहित १३ जनाको मृत्यु

अन्तर्राष्टिय समाचार

अमेरिकाको फिलाडेल्फिया शहरको एउटा आवासीय अपार्टमेन्टमा आगलागी /७ जना बालबालिका सहित १३ जनाको मृत्यु/कयौ घाइते ।

अमेरिकाको फिलाडेल्फिया शहरमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा ७ जना बालबालिका सहित १३ जनाको मृत्यु भएको छ । घटनामा कयौं मानिस घाइते भएको अग्नी विभागले जनाएको छ ।

सर्वसाधारणको आवासीय अपार्टमेन्टको रहेको सो भवनमा स्थानीय समय अनुसार विहान ६ बजे आगलागी भएको हो । आगलागी हालसम्मकै भयानक भएको अग्नी विभागका प्रमुखले बताएका छन् । आगलागीको समयमा सो तीन तल्ले भवनमा २६ जना रहेको अनुमान गरिएको छ । त्यस मध्ये ८ जनालाई सकुशल नै उद्दार गरिएको छ ।

आगलागी कसरी शुरुभयो भन्ने कुरा शंकास्पद नै रहेको छ । घटनाका विषयमा छानविन भइरहेको जनाइएको छ । बालबालिका सहित ठूलो संख्यामा मानवीय क्षति भएकाले फिलाडेल्फिया शहरकै लागि सबैभन्दा दुःखद दिन भएको त्यहाँका मेयर जिम केन्नीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.