हिमपात र बाढीका कारण अफगानिस्तानमा ११ जनाको मृत्यु/२३ जनाभन्दा बढी घाइते/देशको ९० प्रतिशत भूभागमा हिमपात, बाढी र वर्षाको असर रहेको अधिकारीहरुद्धारा जानकारी ।
अत्यधिक हिमपात र बाढीका कारण अफगानिस्तानमा ११ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार घटनामा परी २३ जना घाइते भएका छन् । अफगानिस्तानमा बुधबार सुरुमा हिमपात भएको र त्यसपछि भारी बर्षा भएर बाढी आएको पनि अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार मृत्यु भएका र घाइते भएकाहरू हेल्मन्ड, निम्रोज, फराह, नान्गाहर, कान्दहर, जावजान, ताखर र केन्द्रीय राजधानी काबुलका रहेका छन् ।
देशको ९० प्रतिशत भूभागमा हिमपात, वर्षा र बाढीको असर परेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । हिमपात, बर्षा र बाढीका कारण मानवीय क्षतिसँगै ठूलो मात्रा भौतिक क्षति र आर्थिक नोक्सानी भएको जनाइएको छ ।