भारतमा कोरोना भाइरसको संक्रमण व्यापक

अन्तर्राष्टिय समाचार

विगत केही दिनदेखि कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढेको छ । एक साता अघिसम्म पनि पाँच हजारभन्दा पनि कम रहेको दैनिक संक्रमण दर अहिले बढेर एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा मात्रै भारतमा १ लाख १४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । केन्द्रीय राजधानी नयाँ दिल्ली र व्यापारिक राजधानी मुम्बईमा संक्रमितको संख्या व्यापक रुपमा बढिरहेको छ ।

पछिल्लो समय देखिएको कोरोनाको नयाँ भेरियन्टका कारण भारतमा संक्रमण व्यापक रुपमा बढेको विज्ञहरुले बताएका छन् । संक्रमण तीब्र रुपमा बढ्न थालेपछि दिल्ली र मुम्बईमा नियन्त्रणका लागि केही प्रतिबन्धात्मक व्यवस्थाहरु पनि लागू गरिएका छन् । दिल्लीमा सप्ताहान्तमा निशेषधाज्ञा र रात्रीकालीन व्यवसायमा रोक लगाउनुका साथै शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।

संक्रमण दर उच्च भए पनि भारतमा मृत्युदर भने न्युन नै रहेको छ । भारतमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण ३५ जनाको मृत्यु भयो । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ८२ हजार नाघेको छ भने कुल संक्रमितको संख्या ३ करोड ५२ लाख २३ हजार नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *