इटालीबाट भारत आएका दुई वटा विमानका यात्रुहरुमा कोरोना संक्रमण

अन्तर्राष्टिय समाचार

इटालीबाट भारत आएका दुई वटा विमानका यात्रुहरुमा अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको भारतीय अधिकारीहरुले बताएका छन् । इटालीको रोमबाट भारतको अमृतसर आएको विमानमा रहेका कुल २ सय ८५ यात्रु मध्ये १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसै गरी इटालीकै मिलानबाट अर्को दिन अमृतसर नै आएको विमानमा १ सय जनामा संक्रमण पुष्टि भएको छ ।

युरोपमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमित हुनेको संख्या तीब्र गतिमा बढेको छ । युरोपेली मुलुकबाट आउने यात्रुका कारण भारतमा पछिल्ला दिनहरुमा संक्रमण फैलिएको अनुमान गरिएको छ । भारतमा संक्रमण बढ्न थालेपछि प्रभावित क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थामा कडाई गरिएको छ । स्कुल, कलेज लगायतका शैक्षिक संस्थाहरु बन्द गरिनुका साथै रात्रीकालीन व्यवसाय बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *