विश्वभरि नै बढ्यो कोरोनाको संक्रमण/अमेरिकामा एकै दिनमा ७ लाख बढी संक्रमित/भारतमा पनि १ लाख ४१ हजार नाघ्यो दैनिक संक्रमण । एसियामा भारत सबैभन्दा बढी प्रभावित छ । भारतमा पछिल्लो २४ घन्टामा मात्रै १ लाख ४१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । पछिल्लो समय भारतमा संक्रमण उच्च गतिमा बढिहरेको छ । एक साता अघिसम्म भारतमा दैनिक संक्रमण ५ हजारको हाराहारीमा रहेको थियो ।
विश्वभरि नै कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । गत सातासम्म युरोप र अमेरिकामा सीमित रहेको संक्रमणको ग्राफ एसियाली र अफ्रिकी मुलुकहरुमा उकालो लागेको छ । कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित अमेरिका रहेको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै ७ लाख २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
केही दिन अघि अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । संक्रमण मात्रै होइन अमेरिकामा कोरोनाका कारण हुने मृत्युदर पनि उच्च छ । अमेरिकामा एकै दिनमा १६ सयभन्दा बढीको मृत्यु भएको छ । अन्य बढी प्रभावित मुलुकहरुमा युरोपका फ्रान्स, बेलायत, इटाली, स्पेन लगायतका मुलुक रहेका छन् ।
फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै ३ लाख २८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । बेलायतमा पनि एकै दिनमा १ लाख ७८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । स्पेन र इटालीमा पनि दैनिक संक्रमण १ लाखभन्दा बढी छ ।
एसियामा भारत सबैभन्दा बढी प्रभावित छ । भारतमा पछिल्लो २४ घन्टामा मात्रै १ लाख ४१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । पछिल्लो समय भारतमा संक्रमण उच्च गतिमा बढिहरेको छ । एक साता अघिसम्म भारतमा दैनिक संक्रमण ५ हजारको हाराहारीमा रहेको थियो ।