अफगानिस्तानमा ५ अर्ब डलरको सहायता आवश्यक

अन्तर्राष्टिय समाचार

संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई सन् २०२२ मा मानवीय प्रकोप रोक्न र ४० वर्षको पीडा पछि भत्किएको देशको भविष्य निर्माणका लागि पाँच अर्ब डलर सहायता आवश्यक रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघले अफगानिस्तान भित्र  ४.४ बिलियन डलर आवश्यक रहेको बताएको छ । थप ६२३ मिलियन आफ्नो सिमाना बाहिर आश्रयमा रहेका लाखौं अफगानहरूलाई सहयोग गर्न आवश्यक रहेको पनि उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तान भित्र २ करोड २० लाख मानिस र पाँच छिमेकी देशमा रहेका थप ५७ लाख विस्थापित अफगानहरूलाई यस वर्ष अत्यावश्यक राहतको आवश्यकता रहेको जनाएको छ । अफगानिस्तानमा गम्भीर मानवीय प्रकोप देखापरेको बताउँदै सहयोगको ढोका बन्द नगर्न राष्ट्र संघले आग्रह गरेको छ । अफगानिस्तानमा फैलिएको भोक, रोग, कुपोषण र मत्युलाई रोक्न मद्द गर्न अन्तर्राष्ट्रिय जगतसँग राष्ट्र संघको अपिल छ ।

गत अगस्टको मध्यमा तालिबान सत्ता कब्जा गरेपछि अफगानिस्तानमा मानवीय संकट गहिरिदै गएको छ । अमेरिकाले देशको अर्बौं डलरको सम्पत्ति फ्रिज गरेको छ जसबाट सहायता आपूर्तिमा भारी अवरोध भएको छ । सहायता प्याकेज बिना त्यहाँ भविष्य सुरक्षित नहुने राष्ट्र संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *