इजराइलमा कोरोना विरुद्धको तेस्रो र चौथो डोज खोप अभियान

अन्तर्राष्टिय समाचार

इजराइलद्धारा कोरोना विरुद्धको तेस्रो र चौथो डोज खोप अभियानलाई तीब्रता/अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउन र कडा प्रतिबन्ध नलगाउने योजना ।

इजराइलले कोरोना विरुद्धको खोप अभियानलाई तीब्र रुपमा अघि बढाएकाले संक्रमण बढे पनि तत्काल लकडाउन वा कडा प्रतिबन्धात्मक व्यवस्था लागू नगर्ने रणनीति लिएको छ । विश्वका अन्य मुलुकमा बुस्टर डोज वा कोरोनाको तेस्रो मात्रा खोप दिने नदिने बारे बहस भइरहँदा इजराइलले अधिकांश नागरिकलाई तेस्रो मात्रा खोप लगाइसकेको छ । ओमिक्रोन संक्रमण व्यापक रुपमा बढिरहँदा इजराइलमा चौथो मात्रा खोप दिन थालि सकिएको छ ।

कोरोनाको उच्च जोखिममा रहेका कतिपय स्वास्थ्यकर्मी तथा दीर्घ रोगीले कोरोनाको चौथो मात्रा खोप पनि लिइकेका छन् । अहिले इजरायलमा पनि ओमिक्रोन सङ्क्रमण हुनेको सङ्ख्या अत्यधिक छ । हिजो ३७ हजारभन्दा बढी थप मानिसमा कोरोना संक्रमण पुष्टि भएको सरकारी तथ्यांक छ । बढ्दो संक्रमणले संक्रमण नियन्त्रणका लागि गरिएको प्रयास असफल हुने त होइन भन्ने चिन्ता पनि बढाएको छ ।  तर सरकारले अहिलेसम्म केही अवधि संक्रमण धान्न सक्ने र नियन्त्रण गर्न सक्ने आत्मविश्वासका साथ पुनः लकडाउन वा अन्य कडा प्रतिबन्धका उपाय अवलम्बन नगर्ने बताउँदै आएको छ ।

नोभेम्बर महिनामा पहिलो पटक दक्षिण अफ्रिकामा ओमिक्रोनको विविधता पत्ता लागेको केही समयपछि इजरायलले अन्तर्राष्ट्रिय यात्रामा निकै रोक लगाएको थियो । यात्रा प्रतिबन्धको प्रभाबले इजरायलमा सङ्क्रमण तत्काल फैलिन सकेन र देशलाई कोभिड उपचार सामग्री जुटाउने र महामारीविरूद्ध सशक्त रूपमा अभियान सञ्चालन गर्ने मौका मिलेको बताइएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *