काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन सुरु

राष्ट्रिय समाचार

कोरोना संक्रमण फैलिँदै गएपछि काठमाडौं उपत्यकामा मंगलबार राति १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ सुरु भएको छ । मंगलबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउन कार्यविधिअनुसार १८ बुँदे निर्देशन जारी गरेको छ ।  कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई रोक्न स्मार्ट लकडाउन गरिएको हो ।

आदेश उल्लङ्घन गर्ने विरुद्ध कारबाही गरिने चेतावनी समेत दिइएको छ । कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी सो आदेश दिइएको प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । आदेशअनुसार २५ जना भन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनुपर्ने समेत भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *