जर्मनीमा कोरोना संक्रमण विश्वमै सबैभन्दा उच्च

अन्तर्राष्टिय समाचार

युरोपेली मुलुक जर्मनीमा कोरोना भाइरसको संक्रमण अहिले विश्वमै सबैभन्दा उच्च छ । जर्मनीमा पछिल्लो २४ घन्टामा २ लाख ४७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । विश्वमै उच्च संक्रमण रहेका अमेरिका, फ्रान्स, रुस जस्ता मुलुकमा अहिले संक्रमण २ लाखभन्दा निकै तल झरेको छ ।

अन्य युरोपेली मुलुकमा संक्रमण उच्च भएका बेला पनि संक्रमण निकै तल रहेको जर्मनीमा ‌ओमिक्रोन संक्रमणले व्यापक रुपमा फैलाएको छ । कोरोना विरुद्धको खोप लगाउन नागरिकहरुले आनाकानी गर्नु र स्वास्थ्य सावधानीका मापदण्डको पालना नगर्दा जर्मनीमा संक्रमण उच्च भएको छ । अहिले अमेरिका दैनिक संक्रमण १ लाख ३० हजारमा झरेको छ भने भारतमा संक्रमण ५५ हजारमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *