टोखामा लाखेडाँडा पार्क

राष्ट्रिय समाचार

काठमाडौँ, ३० पुस (रासस)/ टोखा नगरपालिका–६ लाखेडाँडामा ४० लाख लगानीमा पार्क निर्माण भएको छ । स्थानीय, प्रदेश र केन्द्र सरकारको आर्थिक सहयोगमा पार्क निर्माण सम्पन्न भएको हो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सार्वजनिक जग्गा संरक्षणलाई महत्व दिँदै सार्वजनिक जग्गाको डिपीआर तयार पारी प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्दै नगरपालिका भरि नै विभिन्न वडामा पार्क तथा जनतालाई लाभ हुने गरी कार्य गरिरहेको जानकारी दिनुभयो । पाँच रोपनी क्षेत्रफलमा फैलिएको उक्त पार्क एक वर्ष लगाएर निर्माण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *