अफगानिस्तानका जनतालाई मानवीय सहायता

राष्ट्रिय समाचार

मानवीय संकटमा रहेको अफगानिस्तानका जनताका लागि नेपालले औषधि, लत्ताकपडा, घरायसी सरसामान लगायतका १४ टन सामग्री अफगानिस्तान पठाएको छ । नेपाल एयरलाइन्सको विमानबाट आजै ती सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुलतर्फ गएको छ । ठूलो आर्थिक संकट झेलिरहेको अफगानिस्तानका जनतालाई राहत दिने उद्देश्यले सहयोग सामग्री पठाइएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताउनु भयो ।

परराष्ट्र मन्त्रालयका प्रतिनिधिले अफगानिस्तानको राजधानी काबुल विमानस्थलमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई ती सामग्री हस्तान्तरण गर्ने पराराष्ट्रमन्त्री खड्काले जानकारी दिनुभयो । आर्थिक संकटका कारण अफगानिस्तानका १० लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भएका छन् । दक्षिण एसियामै संकट झेलिरहेको मुलुकलाई मानवीय रुपमा सहयोग उपलब्ध गराउँदा नेपालको प्रतिष्ठा उच्च हुने परराष्ट्र मन्त्री खड्काको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *