अमेरिका र क्यानडामा हिमआँधी

अन्तर्राष्टिय समाचार

अमेरिका र क्यानडाका केही भागमा उच्च हिमपात सहितको हिमआँधीको सम्भावना/ हजारौं उडानहरु रद्द/कतिपय राज्यमा संकटकालको घोषणा ।

अमेरिका र क्यानडाका केही भागमा उच्च हिमपात सहितको हिमआँधी नै आउन सक्ने भन्दै नागरिकहरुलाई चेतावनी दिइएको छ । बाक्लो हिमपातका कारण अमेरिका र क्यानडाका दक्षिण पूर्वी राज्यहरुमा हजारौं उडानहरु रद्द गरिएका छन् । कयौं घरहरुमा विद्युत सेवा अवरुद्ध भएको छ । अमेरिकाका भर्जिनिया, उत्तरी र दक्षिणी क्यारोलिना राज्यले संकटकालको घोषणा गरेका छन् ।

हिमपात र हिमआँधीबाट अमेरिकाका पूर्वी राज्यहरु विगत दुई दिनदेखि बढी प्रभावित भएका छन् । हिमपात र हिमआँधीले न्युयोर्क शहर र कनेक्टिकट राज्यका केही भागहरु सडक र अन्य पूर्वाधारमा समेत असर गर्न सक्ने भन्दै सचेत गराइएको छ ।

न्युयोर्कसँग सीमाना जोडिएको क्यानडाको ओन्टारियो राज्य हिमपात र हिमआँधीबाट बढी प्रभावित भएको छ । स्थानीय समय अनुसार क्यानडाको ओन्टारियोमा आइतबार विहान हिमआँधी आउन सक्ने भन्दै सचेत गराइएको छ । क्यानडाका टोरन्टो लगायतका केही ठूला सहरमा ७ इन्चसम्म हिमपातको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । खराब मौसमका कारण अमेरिकी एयरलाइन्सले २ हजार ४ सयभन्दा बढी उडानहरु रद्द गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *