ग्रीसको राजधानी एथेन्समा भारी हिमपात

अन्तर्राष्टिय समाचार

ग्रीसको राजधानी एथेन्समा भारी हिमपात सहितको हिमआँधी आएपछि सडकमा रहेका कयौं सवारी साधनमा रहेकाहरुको उद्दार गरिएको छ । मध्यराति आएको व्यापक हिमआँधीका कारण सवारी साधन चल्न नसक्ने अवस्था आएको हो ।

कठ्याग्रिदो मौसम भएकाले विद्युत सेवा छिटो सुचारु गर्न प्राविधिकहरु खटिएका छन् । एल्पिडा नाम दिइएको आँधी आजसम्म पनि कायम रहने अधिकारीहरुले बताएका छन् । एथेन्सको तापक्रम मध्य राति माइनस १४ डिग्री सम्म झरेको थियो । निकै कठिनपूर्ण अवस्था आएको भन्दै सवारी साधनमा फरेकाहरुको छिटो उद्दारको प्रयास भइरहेको जनाइएको छ । उद्दार कार्य द्रुत गतिमा हुन नसकेको भन्दै सरकारको आलोचना समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *