बेलायतमा सबै प्रतिवन्ध फेब्रुअरी ११ देखि हटाइने

अन्तर्राष्टिय समाचार

बेलायतमा कोरोना भाइरसको महामारी न्युनिकरणका लागि लगाइएका सबै प्रतिवन्धात्मक व्यवस्था आगामी महिनादेखि हटाइने भएको छ ।  फेब्रुअरी ११ देखि सबै प्रतिवन्धात्मक व्यवस्था हटाउने निर्णय लागू हुने अधिकारीहरूले जानकारी दिएका छन् । प्रतिवन्धात्मक व्यवस्था हटाइएसँगै भारत लगायतका देशबाट बेलायत प्रवेश गर्न पनि खुल्ला हुनेछ । तर ती यात्रुहरूले खोपको पूरा मात्रा लगाएको हुनुपर्ने शर्त भने राखिएको छ ।

यातायात विभाग र स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागले सूचना जारी गर्दै आगामी फेब्रअरी ११ तारिखको विहान ४ बजेदेखि सबै प्रतिवन्धात्मक व्यवस्थाहरु हट्ने स्पष्ट पारेको छ । पूरा मात्राको खोप लगाएका विदेशबाट आएका यात्रुहरुले पनि त्यतिबेला देखि आइसोलेसनमा बस्नु नपर्ने र पिसिआर परीक्षणको नतिजा देखाउनु नपर्ने सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई भने इङ्गल्याण्डमा हिडडुल गर्नका लागि खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको छ । यात्रा सम्बन्धी धेरै नीति फेब्रुअरीदेखि परिवर्तन हुने भएको छ । यही बेलामा सरकारले सवैलाई अतिरिक्त खोपको व्यवस्था गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *