डोटीमा कोरोना खोप लगाउने ५१ प्रतिशत

राष्ट्रिय समाचार

डोटीमा १८ वर्षभन्दा माथिका ५१ प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार पहिलो डोज लगाउनेको संख्या ९३ हजार ८९ छ । ७२ हजार २५० जनाले दुवै डोज खोप लगाएका छन् । ४६ हजार ७५९ जनाले भेरोसेल र १५ हजार २२४ जनाले कोभिसिल्ड खोपको दुवै डोज लगाएका हुन् । यस्तै १० हजार २६७ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको स्वास्थ्य कार्यालय डोटीका तथ्याङ्क अधिकृत महेशप्रसाद बोहराले जानकारी दिनुभयो ।

लक्षित जनसंख्याको ६६ प्रतिशतले पहिलो डोज लगाएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । भेरोसेल एउटा डोज लगाउनेको संख्या ६४ हजार ३५० रहेको छ भने कोभिसिल्ड एक डोज मात्र लगाउनेको संख्या १८ हजार ४७२ रहेको छ । जिल्लामा १८ वर्षभन्दा माथिको जनसंख्या एक लाख ४० हजार ८२८ लक्षित गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *