अस्ट्रेलियाकी एक बालिका ८ वर्षकै उमेरमा चर्चित म्यागेजिन गर्लकी सम्पादक बनेकी छिन् । उनको नाम रोक्साना डाउन्स हो ।
अस्ट्रेलियामा १० देखि १२ वर्षका बालबालिकाका लागि लक्षित गरी प्रकाशित गरिदै आइएको सो म्यागेजिनले साना बालबालिकाको रुचिलाई मध्य नजर गर्दै उनीहरुकै उमेरको सम्पादक राख्ने निर्णय गर्यो । सानो उमेरको सम्पादकको खोजीका क्रममा विद्यालयमा राम्रो पढ्न र लेख्नमा रुचि भएकी रोक्साना छनौटमा परिन् । उनी सन् २०१७ मा गर्ल म्गागेजिनको सम्पादक बनेकी हुन् ।
रोक्सानाको सम्पादनमा प्रकाशित म्यागेजिनको पहिलो अंक अस्ट्रेलिया र न्युजिल्याण्डमा निकै चर्चित बन्यो । उनी सम्पादक बनेपछि गर्लको बिक्री र वितरण नै बढेको म्यागेजिनले जनाएको छ । उनीसँग एकैपटक धेरैवटा काम गर्न सक्ने विशेष क्षमता छ । रोक्सानाले विद्यालयको कामका साथै आकर्षक अन्तरवार्ता लिन र सम्पादकीय बैठकहरु गर्ने गरेकी छन् । रोक्सानाले अस्ट्रेलियाकी चर्चित नायिका तथा र्यापर अवी कर्निस र चर्चित गायक, नृत्यकार तथा युट्युबर जोजो सिवाको अन्तर्वार्ता पनि लिएकी थिइन् । उनलाई भेट्न विश्वका चर्चित लेखक तथा सम्पादक पनि आउने गरेका छन् ।
गिनिज वर्ल्ड रेकर्ड सन् २०१८ मा उनलाई समावेश गरिएको छ । गिनिज वर्ल्ड रेकर्डको सन् २०२२ मा सानै उमेरमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने व्यक्तिको रुपमा उनको अन्तर्वार्ता समावेश गरिएको छ । गिनिज वर्ल्ड रेकर्डको नियम अनुसार उनी विश्वकै कान्छी सम्पादक हुन सफल भएकी हुन् ।