होन्डुरसमा प्रथम महिला राष्ट्रपति

Featured अन्तर्राष्टिय समाचार

होन्डुरसकी प्रथम महिला राष्ट्रपति सिमारा कास्ट्रोले सपथ ग्रहण गर्नुभएको छ । राजनीतिक संकटकै बिच राष्ट्रपति कास्ट्रोले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो । सपथ ग्रहण समारोहमा सम्बोधन गर्दै प्रथम महिला राष्ट्रपति कास्ट्रोले सबै हिसावले टुटेको मुलुकको नेतृत्व आफ्नो हातमा आएको बताउँदै न्याय र पारदर्शिता आफ्नो मुख्य प्राथमिकता भएको बताउनु भएको छ ।

६२ वर्षीया राष्ट्रपति कास्ट्रोले शक्तिशाली लागू औषध गिरोहलाई अन्त्य गर्ने र गर्भपतन सम्बन्धी कडा कानुनलाई परिमार्जन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । राष्ट्रपतिले अघि सार्नुभएको विषयमा उहाँको पार्टीको धारणा भने अहिलेसम्म सार्वजनिक भएको छैन । गत वर्षको नोभेम्बर मा भएको निर्वाचनमा उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *