दक्षिणी अफ्रिकी क्षेत्र एना नामक आँधीको चपेटामा/मादागास्कर, मलावी र मोजाम्विक सबैभन्दा प्रभावित/७२ जनाभन्दा बढीको मृत्यु/लाखौं घरबारविहिन ।
दक्षिणी अफ्रिकी क्षेत्र एना नामक आँधीका कारण आएको बाढीको चपेटामा परेको छ । आँधीका कारण आएको बाढीले सो क्षेत्रमा कयौं मानिसको ज्यान जानुका साथै धेरै भौतिक संरचनामा क्षति पुगेको छ । मादागास्करमा आँधीका कारण ४१ जनाको मृत्यु हुनुका साथै १ लाख मानिस घर छोड्न बाध्य भएका छन् । मलावीमा पनि आँधी र बाढीका कारण १९ जनाको मृत्यु भएको छ ।
मलावीमा आँधीका कारण देश व्यापी रुपमा विद्युत् सेवा अवरुद्ध भएको छ भने कतिपय स्थानमा विपद् क्षेत्र नै घोषणा गरिएको छ । मोजाम्विकमा पनि दर्जन बढीको मृत्यु भएको छ । अधिकारीहरुले बाढीका कारण ज्यान गुमाउनेको वास्तविक संख्या अझै आइनसकेको बताएका छन् । मोजाम्विकका २० हजारभन्दा बढी प्रभावित भएका छन् । भारी वर्षा र चट्याङले अझै पनि कतिपय स्थानमा असर पुर्याउने क्रम जारी छ ।