हुम्लाका अतिविपन्न सुत्केरीआमालाई सहयोग

राष्ट्रिय समाचार

जिल्लाका अति विपन्न सुत्केरीलाई आर्थिक सहयोग गरिएको छ । जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले विभिन्न सामाजिक संस्थाको आर्थिक सहयोगमा जिल्लाका उनीहरुलाई चामल, दाल, नुन, चिनी, तेल र अण्डा सहयोग गरिएको जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई तीन हजार ७ सय ५० रुपैयाँ बराबरको आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो । मोबाइलमा एप्सको प्रयोग गरेर कोर्डका आधारमा उनीहरुलाई खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.