पुल बनेपछि बालबालिका खुसी

राष्ट्रिय समाचार

राँझा, २० माघ (रासस)/ बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ सिन्दुरेस्थित जेठी नालामा स्टील ट्रस पुल निर्माण भएपछि स्थानीयवासी द‌‌ग परेका छन् । काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्दै आएका तल्लो लुन्द्रीवासीले अब जेठी नालामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।

हिउँदको समयमा समस्या नभए पनि वर्षात् समयमा नालामा बाढी आउँदा पुल बगाउने र भत्किने जोखिमबीच यात्रा गर्नुपर्ने अवस्था अब हटेको उहाँको भनाइ छ । पुल बनेपछि बालबालिका विद्यालय पठाउदा र खजुरा बजार आवत–जावत गर्न अब धेरै सजिलो भएको छ । खजुरा–७ सिन्दुरेस्थित जेठी नालामा काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले तल्लो लुन्द्री जोड्ने पुल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । गाउँमा पुल बनेपछि विद्यालय जाने बालबालिका खुसी भएका छन् ।

पुल बनेपछि स्थानीयवासीले गाउँपालिका सरकारको अनुभूति गर्न पाएको खजुरा–७ का अध्यक्ष अतिउल्ला खानले बताउनुभयो । उपभोक्ता समितिमार्फत रु २८ लाख ३४ हजार ६०७ लागतमा पुल निर्माण सम्पन्न भएको गाउँपालिकाका योजना प्रमुख तथा सूचना अधिकृत दिलबहादुर पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *