रुसले युक्रेन माथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाद्धारा युरोपमा थप सैन्य लडाकु तैनाथ

अन्तर्राष्टिय समाचार

रुसले युक्रेन माथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाद्धारा युरोपमा थप सैन्य लडाकु तैनाथ/रुसद्धारा अमेरिकी आरोप अस्वीकार ।

रुसले युक्रेन माथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकी राष्ट्रपति जो बाइडनले युरोपमा थप सैन्य लडाकु पठाउनु भएको पेन्टागनले जनाएको छ ।

उत्तरी क्यारोलिनाको फोर्ट ब्रागबाट करिब २ हजार सेना पोल्याण्ड र जर्मनी पठाइएको छ । यसै गरी जर्मनीमा पहिले नै रहेका थप १ हजार सेना रोमानिया पठाइने छ । मस्कोले भने युक्रेन माथि आक्रमणको कुनै पनि योजना नरहेको जनाउँदै अमेरिकी आरोप अस्वीकार गरेको छ ।

तर रुसले युक्रेनको सीमा नजिकै झण्डै १ लाख सैन्य लडाकु भने तैनाथ राखेको छ । रुसले अमेरिकी तैनाथीलाई विनाशकारी भनेको छ । रुसले युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वीपलाई आफ्नो कब्जामा लिएको र पूर्वी डोनबास क्षेत्रमा भएको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको आठ वर्षपछि तनाव उत्पन्न भएको हो । मस्कोले युक्रेनी सरकारले मिन्स्क सम्झौता कार्यान्वयन गर्न असफल भएको आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *