अफगानिस्तानमा पढ्ने बानीको विकासका लागि पढ्ने प्रतिस्पर्धा

अन्तर्राष्टिय समाचार

२० माघ (रासस-सिन्ह्वा)/ अफगानिस्तानका पुस्तकालयहरुले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरुको आयोजना गरिरहेका छन् । उनीहरुले सर्वसाधारण नागरिकलाई पुस्तक पढेमा बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने सन्देशहरु दिइरहेका छन् । यस्ता सन्देशहरु दिँदै ती पुस्तकालयहरुले पुस्तक पढ्ने प्रतिस्पर्धाको पनि आयोजना गर्ने गरेका छन् । यस्तै प्रतिस्पर्धाको आयोजना हालै राजधानी काबुलको फायाजी पुस्तकालयले गरेको थियो ।

सो प्रतिस्पर्धामा सो पुस्तकालयले पुस्तक पढ्दा वैज्ञानिक ज्ञानको विकास हुने, विश्वभरका सूचना पाइने तथा समाजको बारेमा धेरै कुरा थाहा हुने भएकोले पुस्तक पढ्नुपर्छ भन्ने सन्देश भरिएका सूचनाहरु ठाउँ ठाउँमा राखेको थियो । साथै शिक्षा, ज्ञान र सूचना बिना कुनै पनि देशको विकास हुँदैन भन्दै त्यहाँका पुस्तकालयका कर्मचारीहरुले यस्ता सन्देशहरु पढेर सुनाएका थिए । पुस्तकालयका कर्मचारीहरुले विशेष गरी युवा वर्गलाई पढ्ने बानीको विकास गराई अघि बढाउन उनीहरुले यो प्रतिस्पर्धाको आयोजना गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *