मेलम्चीकाे तेर्से माध्यमिक विद्यालयलाई सहयोग

राष्ट्रिय समाचार

सिन्धुपाल्चोक, २१ माघ (रासस)/ गत असार १ गते र त्यसपछिका दिनमा आएका बाढीका कारण भौतिक संरचनामा आंशिक क्षति भई उच्च जोखिममा रहेको मेलम्ची नगरपालिका–६ स्थित श्री तेर्से माध्यमिक विद्यालयलाई सहयोग गरिने भएको छ ।

अत्याधुनिक प्रविधियुक्त फिल्टरसहितको शुद्ध पिउने पानी व्यवस्थापन गरेर विद्यालयको भौतिक पुनःव्यवस्थापनका निम्ति रु १२ लाख २५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । मेलम्ची–४ थकनी निवासी हाल इटालीमा बस्दै आउनु भएका रवीन्द्र अर्यालको संयोजनमा गरिमा भोयज ट्राभल एण्ड टुर्स प्रालि र न्यूभिजन नेपाल मार्फत् उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published.