कर्णालीमा कुष्ठरोगीका विरामी घट्दै

राष्ट्रिय समाचार

कर्णालीको मुख्य स्वास्थ्य समस्याका रूपमा रहेको कुष्ठरोग पछिल्ला वर्ष भने घट्दो दरमा रहेको पाइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पाँच वर्षअघि र यसपछिका वर्षहरूको तुलना गर्दै कुष्ठरोगका बिरामी घट्दो दरमा रहेको जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले पाँच वर्षअघि बिरामी पत्ता लाग्ने दर ६.४९ प्रतिशततथाहाल ३.६७ प्रतिशत रहेको बताउनुभयो ।

“कर्णालीमा कुष्ठरोग निवारणको चरणमा पुगेको छ, बिरामीको पहिचान वर्षेनी घट्दो क्रममा छ”, उहाँले भन्नुभयो, “समयमै रोग पत्ता लगाएर नियमित उपचार गरेमा यो पूर्णरूपमा निको हुन्छ, अपाङ्गता हुनबाट बच्न सकिन्छ ।”

कर्णालीमा कुष्ठरोग निवारणका लागि सरकारी निकायसँगै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएनएफले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *