पनाैतीकाे इन्द्रेश्वर माविका विद्यार्थीलाई पोसाक वितरण

Featured राष्ट्रिय विद्यालय समाचार समाचार

बनेपा, २४ माघ (रासस)/ काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–७ स्थित इन्द्रेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर पोसाक (ट्रयाकसुट) वितरण गरिएको छ ।

सोही विद्यालयबाट २०४५ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीको समूहले सो पोसाक वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार २ सय १० विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । सो समूहले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्ने तयारी समेत गरेको छ ।

कोरोना सङ्क्रमणका कारण विद्यालय प्रशासनलाई पोसाक हस्तान्तरण गरिएको एसएलसी समूह २०४५ का अध्यक्ष लक्ष्मी दाहालले बताउनुभयो । प्रधानाध्यापक उमारुद्र बस्नेतले ती पोसाक विद्यालय सञ्चालन भएपछि वितरण गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.