बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यसअघि तोकिएको समयभन्दा पनि अगाडि नै बेलायतमा कोरोनाका विरुद्धमा लगाइएको प्रतिबन्ध हटाउने बताउनु भएको छ । संक्रमण उल्लेख्य मात्रामा घटेपछि बेलायती प्रधानमन्त्री जोनसनले सो घोषणा गर्नुभएको हो ।
बेलायतमा आगामी मार्च २४ सम्मका लागि कोरोना भाइरस विरुद्ध प्रतिबन्धहरु लगाइएको छ । तर त्यस अगाडि नै सबै प्रकारका प्रतिबन्धहरुलाई फुकुवा गर्ने तयारी सरकारले थालिसकेको छ । उहाँले अहिले पनि बेलायत सरकारले कुनै पनि कोभिड संक्रमित व्यक्तिले पाँच दिनमात्र आइसोलेसनमा बसे हुने नीति घोषणा गरेको बताउनुभयो । उहाँले अब बेलायत सरकारले कोभिड लागेका र कोभिडका विरुद्धका प्रतिबन्धहरुमा पनि धेरै परिवर्तन गर्ने तयारी गरेको जानकारी गराउनु भएको हो ।