विद्यालय खुल्याे

राष्ट्रिय विद्यालय समाचार समाचार

काठमाडाैँ, १ फागुन/ कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था आजबाट खुलेका छन् । आजबाट विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा संचालन हुनेछ । विद्यालय सञ्चालन गर्दा १२ वर्ष माथिका विद्यार्थीलाई  नियमित रूपमा र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्नु पर्नेछ ।

आजदेखि त्रिभुवन विश्वविद्यालयका पठनपाठन र परीक्षा पनि संचालन हुने भएको छ । कोभिड–१९ स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को सिफारिस अनुसार रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गर्ने गरी आजबाट सञ्चालनमा आउन लागेका हुन् ।

त्यसैगरी खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशत मात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालना गरी सञ्चालन गर्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *