बेइजिङमा भारी हिमपात र वर्षा, शीतकालीन ओलम्पिकमा आएका पाहुनाहरू प्रभावित

अन्तर्राष्टिय समाचार

चीनकाे बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेका बेला भारी हिमपात र वर्षा हुँदा खेलमा सहभागी हुन आएका खेलाडी र पाहुना समेत अत्यधिक चिसोका कारण प्रभावित भएका छन् । बेइजिङ मौसम विज्ञान पूर्वानुमान शाखाले बेइजिङमा आइतबारदेखि भारी हिमपात हुनसक्ने र शहरमा औसत ४ मिली मिटरभन्दा बढी हिमपात हुने जानकारी दिएको थियो ।

सडकमा धेरै हिमपात भएका कारण यातायात सेवा समेत प्रभावित बनेको छ । बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका स्वदेशी तथा विदेशी खेलाडी आइतबार बिहान सबेरै भारी हिउँको वर्षासँगै ब्युझिए भने हिमपात हुनसक्ने पूर्वानुमान केही घण्टाअघि जारी गरिएको ‘ब्लु अलर्ट’ बाट ‘ऐलो अलर्ट’ मा पुगेको छ ।

सोमबार उत्तर र पश्चिमका कतिपय क्षेत्रमा नै ६ देखि १० मिलिमिटर बढी हिउँ जम्मा हुने अनुमान गरिएको छ । तर सोमबार अपरान्हदेखि भने हिमपात बिस्तारै कम हुँदै जाने जनाइएको छ ।  भारी हिमपातका कारण शहरका केही स्थानमा तापक्रम माइनस २ डिग्रीदेखि माइनस ६ डिग्री सेल्सियससम्म हुनसक्ने पूर्वानुमान शाखाले अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *