रुसद्वारा युक्रेनमा आक्रमण

अन्तर्राष्टिय समाचार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्धारा युक्रेनको डनबास क्षेत्रमा सैन्य आक्रमणको घोषणा/युक्रेनद्धारा रुसी आक्रमणको डटेर सामना गर्ने निर्णय ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डनबास क्षेत्रमा सैन्य कारवाहीको घोषणा गर्नुभएको छ । राष्ट्रपति पुटिनले युक्रेनी सेनालाई पूर्वी युक्रेनको युद्धग्रस्त क्षेत्रबाट हतियार विसाएर घर फर्कन पनि आग्रह गर्नुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेनेस्कीले अहिले गरिएको आक्रमण युरोपेली महाद्धीपकै लागि ठुलो युद्धको सुरुवात भएको प्रतिक्रिया दिनुभएको छ ।

युद्धको त्रास बढेसँगै यसअघि नै युक्रेनले ३० दिने संकटकालको घोषणाको छ । मध्यराति राष्ट्रका नाममा संवोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेनेस्कीले रुसको रुसी आक्रमणको डटेर सामना गर्ने बताउनु भएको छ । पश्चिमा देशहरुले रुस विरुद्ध श्रृखलावद्ध प्रतिबन्धको घोषणा गरेका छन् ।

रुसले सन् २०१४-१५ मा गरिएको शान्ति सम्झौताको उल्लंघन गर्दै पूर्वी युक्रेनबाट टुक्राएर लुहान्स र डोनेट्स दुई अलग राज्य घोषणा गरेपछि पश्चिमा राज्य रुस विरुद्ध चिढिएका हुन् । रुसले युक्रेनको सीमा नजिकै तैनाथ राखेका दुई लाख सैनिक शान्ति स्थापनाका लागि भन्दै पश्चिमा मुलुकहरुको आशंका गलत भएको बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *