जापानद्वारा रुस र बेलारुस माथि प्रतिबन्ध लगाउने निर्णय

अन्तर्राष्टिय समाचार

जापानले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को र रुस माथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । मस्कोले युक्रेनमा गरेको आक्रमणलाई लिएर रुसको केन्द्रीय बैंकसँगको व्यापार सीमित गर्ने जापानी प्रधानमन्त्री फुमियो किशिदाले बताउनु भएको छ ।

युक्रेन माथि गरिएको आक्रमणमा बेलारुसको स्पष्ट संलग्नता देखिएकाले राष्ट्रपति लुकासेन्को, अन्य व्यक्ति तथा संस्थाहरू र निर्यात नियन्त्रण उपायहरू विरुद्ध प्रतिबन्ध लगाउने प्रधानमन्त्री किशिदाले बताउनु भएको हो

अन्तर्राष्ट्रिय समुदायमा रुस विरुद्धको आर्थिक प्रतिबन्धको व्यवहार बढाउन जापानले रूसको केन्द्रीय बैंकसँगको कारोबारलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *