ग्याल्पो ल्होसार

Featured राष्ट्रिय समाचार

काठमाडौँ, १९ फागुन/ प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले  ग्याल्पो ल्होसार आज मनाउँदै छन् । यस वर्ष गाई वर्षबाट बाघ वर्षमा प्रवेश गरेको छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ ।

शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् । यसैविच सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर आज सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *