साहित्य अकादमी बालसाहित्य पुरस्कार प्राप्त लेखक

Featured Highlights तस्बिरको कथा प्रतिभा परिचय मेरो आवाज लेखक कोश

भाइबहिनीहरु,
मुन्नी सापकोटा नेपाली भाषामा साहित्य रचना गर्ने भारतीय बालसाहित्य लेखक हुनुहुन्छ । उहाँ सन् २०१४ मा भारत सरकारबाट साहित्य अकादमी बालसाहित्य पुरस्कार प्राप्त गर्न सफल लेखक हुनुहुन्छ । भारत सरकारबाट राष्ट्रिय कीर्ति शिक्षक पुरस्कार (२००७) र असम सरकारबाट कीर्ति शिक्षक पुरस्कार (२००४) प्राप्त गर्न सफल लेखक सापकोटाका मौलिक र अनुवादित गरी आठ वटा कृतिहरु प्रकाशित भएका छन् । उहाँको जूनकिरी बालकथा सङ्ग्रह सन् २०१४ को बालसाहित्य अकादमी पुरस्कार जित्न सफल कृति हो ।
सन् २००१ मा प्रकाशित कथा फूलबारी बालकथा संगालो लेखक सापकोटाको पहिलो प्रकाशित कृति हो । त्यसपछि बल्ल बुद्धि पलायो (बालकथा संगालो, २००५), जूनकिरी (२०१३), शिशु उद्यान (शिशु कविता, २०१९) र सागरपारिको सपना (कथा संगालो, २०२०) उहाँका प्रकाशित मौलिक कृतिहरु हुन् ।
अनुवादित कृतितर्फ जिङ्गोबाजेका आँसु (आसामीबाट नेपालीमा) र नेपालका नेपाली कथा (नेपालीबाट हिन्दीमा) गरी दुईवटा कृतिहरु प्रकाशित छन् ।
केही वर्ष फूलबारी बालपत्रिकाको सम्पादन गर्नुभएकी लेखक सापकोटाले सन् २०१७ देखि हालसम्म नारी साहित्यिक पत्रिकाको सम्पादन र प्रकाशन गर्दै आउनुभएको छ । उहाँले असम नेपाली साहित्य सभाको उपसभापति, असम लेखिका संस्था र देवकोटा नगर महिला समितिको सभापतिको रुपमा कार्यरत रही नेपाली भाषा साहित्य सेवाका क्षेत्रमा काम गर्दै आउनु भएको छ ।
फोटो : कार्तिकेय, केटाकेटी अनलाइन बालपत्रिका २०८१ वैशाख १ गते । हाेटल हाेलिडे, काेठा नम्बर ११० बागबजार, काठमाडाैँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *