युक्रेनविरुद्ध युद्ध गरिरहेको रुसले फेसबुक माथि प्रतिबन्ध लगाएको छ । रुसको संचार सम्बन्धी नियमनकारी निकायले रुसी मिडिया माथि लगाइएको प्रतिबन्धको प्रतिक्रियाका रुपमा फेसबुक माथि प्रतिबन्ध लगाइएको जनाइएको छ । अब रुसमा फेसबुक हेर्न नपाइने भएकाे छ ।
सन् २०२० को अक्टोबर देखि नै फेसबुकले रुसी मिडिया माथि २६ प्रकारका विभेद गरेकाले प्रतिबन्ध लगाइएको जनाइएको छ । यसैगरी रुसभित्र ट्वीटर र युट्युवको प्रयोग माथि पनि प्रतिबन्ध लगाइएको खबर छ ।