रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले बुधबार देखाएको छ। युनएचसिआर संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले बताएको जनाएअनुसार ४० लाख १९ हजार भन्दा बढी युक्रेनीहरू गत फेब्रुअरी २४ को आक्रमण पछि देशको सिमाना पार गरी भागेका थिए । ती मध्ये २३ लाखभन्दा बढी पश्चिमबाट पोल्याण्ड गएको तथ्यांक छ ।
