जुनियर मेगा माइन्ड बजारमा आयो

Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

काठमाडौँ, ३० चैत (रासस) / नीमा एकेडेमीले दूर शिक्षासँगको सहकार्यमा सूचना प्रविधिमा आधारित सिकाइका लागि ‘डिजिटल बन्डल कोर्ष जुनियर मेगा माइन्ड बजारमा ल्याएको छ । प्राज्ञिक र गैरप्राज्ञिक गरी कोडिङ तथा रोबोटिक्ससहितका ती सामग्री कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई लक्ष्य गरी उत्पादन गरिएको नीमा एजुकेशन फाउन्डेशनका अध्यक्ष हरिमान प्रधानले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय व्यस्थापन विभागका डिन डा. डिल्लीराज शर्मा, त्रिविका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका कार्यकारी निर्देशक सहप्राध्यापक विनोद जोशी, त्रिविका सूचना प्रविधि इनोभेसन केन्द्रका निर्देशक प्रा.डा. सुवर्ण शाक्य, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने लगायतको उपस्थितिमा सो एप्स मङ्गलबार सार्वजनिक गरिएको हो । नीमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधानले जुनियर मेगामाइन्ड कार्यक्रमले स्टिमकोर्षलाई साना बालबालिकामा सानैदेखिको अवधारणामा काम गर्ने र पछि आफ्नो अभिरुचिको क्षेत्र पहिल्याएर अगाडि बढ्न सहज गराउने बताउनुभयो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *