बेलायतका प्रधानमन्त्रीलाई जरिवाना  

Highlights अन्तर्राष्टिय समाचार

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ । लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उहाँलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।  घटना केही समय अगाडि नै भएको भए पनि प्रहरीले मङ्गलबार मात्रै उहाँ दोषी भएकोले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो ।  प्रहरीले प्रधानमन्त्री बोरिससँगै एक कुलपति ऋषि सुनाकलाई पनि कारबाही हुने निष्कर्ष निकालिएको जनाएको छ । 

“जोनसन र सुनाकलाई कारबाही सम्बन्धी सूचना पठाइएको छ, उहाँलाई जरिवाना गर्ने बारेको सूचना महानगरको प्रहरीले पठाएको हो ।   देशभरी कोरोना भाइरसको महामारी फैलिएकाले लकडाउन लागू भएको बेला सन् २०२० को मे २० मा उहाँले नियम उलङ्घन गरेको प्रहरीको भनाई छ ।  प्रहरीले जरिवाना तिराउनु पर्ने गल्ती गरेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने बेलायतका विपक्षी दलका नेताहरूको भनाई छ ।  प्रमुख विपक्षी दल लेबर पार्टीका नेता केइर स्टारमरले नैतिकताका आधारमा प्रधानमन्त्री जोनसनले राजीनामा दिनु पर्ने उल्लेख गर्नु भएको छ । प्रधानमन्त्री जोनसनले पटक पटक नियम उलङ्घन गरेको उहाँको आरोप छ । 

Leave a Reply

Your email address will not be published.