अनेसासको प्रथम विश्व बालसाहित्य सम्मेलन

Featured राष्ट्रिय समाचार

काठमाडाैँ, ९ वैशाख , २०७९ /अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा भर्च्युअल माध्यम जुमबाट आयोजना हुन गइरहेको अनेसास प्रथम विश्व बालसाहित्य सम्मेलन वैशाख १० गते (बिहान र बेलुका) अमेरिकामा अप्रिल २२ र २३ दुई दिन आयोजना हुने भएको छ । यस कार्यक्रमका पहिलो दिनमा जापान र अष्ट्रेलियाका बालबालिकाहरुकाे बालरचनाको साथमा सहभागिता रहने बताइएको छ ।
वरिष्ठ बालसाहित्यकार रामबाबु सुवेदी,अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला र विओटी सभापति गीता खत्रीज्यूहरुको प्रमुख आतिथ्यतामा सम्पन्न हुने यस विशेष कार्यक्रममा वक्ताका रुपमा अग्रज बालसाहित्य लेखकज्यूहरु प्रमोद प्रधान, प्रभा भट्टराई, शाश्वत पराजुली, लालगोपाल सुवेदी (बोस्टन युएसए), कार्तिकेय घिमिरे, शर्मिला खड्का, ललिता दोषी र रमेशचन्द्र घिमिरे रहनुभएको छ ।

साथै सोही सत्रमा प्रवासको बालरचना सुन्ने र सुनाउने कार्यक्रम पनि रहेको छ । यस कार्यक्रमको संचालन अनेसासका केन्द्रीय सचिव एवम् यस सम्मेलनका संयोजक विमला ढुङ्गाना निरौलाले गर्नुहुनेछ । ।
यस अवसरमा प्रवासमा बसेर विगतमा बाल सृजनाहरू प्रकाशन गरिसकेका बाल साहित्यकारहरूको मिठो अनुभव सहितको संसारभरिका बालबालिकाको उत्साहजनक सहभागिता रहने यस किसिमको यो प्रथम सम्मेलनले प्रवासको बालसाहित्यमा नयां उर्जा दिने विश्वास लिएको सम्मेलनका संयोजक विमला ढुङ्गाना निरौला बताउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *