भो अब शान्ति फैलाइदेऊ
लौ अब अशान्ति हटाइदेऊ
धेरै लड्यौ एक अर्कामा
अब त हात मिलाइदेऊ
बुद्घ तिमी कहाँ छौ भन
हामी सबै तिमीलाई खोजिरहेका छौँ
कलिला छौँ बालक हामी
हातमा बन्दुक बोकिरहेका छौँ
भो अब घरै फर्किदेऊ
शान्तिको वर्षा गराइदेऊ
बालक हामी टुहुरा बन्यौँ
बालिका हामी टुहुरी बन्यौँ
अब त न्यानो माया देऊ÷ छायाँ देऊ
शान्ति हाम्रो चाहना हो
हाम्रो यो कुरा सुनिदेऊ
पढी लेखी ज्ञानी बन्छौँ
हातमा कलम कपी देऊ
हाम्रो यो कुरा सुनिदेऊ
शान्तिको माला उनिदेऊ
बाल हामी टुहुरा बन्यौँ
बालिका हामी टुहुरी बन्यौँ
अब त शान्ति फर्काइ देऊ ।
(४० औँ राष्ट्रिय बालदिवसका अवसरमा आयोजित अन्तर विद्यालय गायन प्रतियोगितामा ब्राइट फ्युचर हाइस्कुल, नैकाप, काठमाडौँका बालक राहुल भूजेलको स्वरमा प्रथम पुरस्कार प्राप्त शान्ति बालगीत । )
साभार : बालक पत्रिका (वर्ष ४०, अंक २, २०६१ भदौ)
