अनेसास बालरत्न प्रतिभा पुरस्कार प्रदान गरिने

Highlights अन्तर्राष्टिय समाचार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले अमेरिकामा रहेका पाँचजना बालिकाहरूलाई ‘बालरत्न’ बालप्रतिभा पुरस्कारले सम्मानित गर्ने भएको छ । समितिको संयोजक शान्ता अधिकारीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिका अनुसार पुरस्कृत हुनेहरूमा विभूषा विष्ट (न्यूयोर्क), शिवानी कडेल (केन्तुकी), स्तुती खतिवडा (न्यूह्यामसायर), रोजी गौतम (फेयरफ्यक्स, भर्जिनिया) र ऐश्वर्या निरौला (मेरिल्याण्ड) रहेका छन् ।

पुरस्कार समितिका सदस्य विमला निरौलाका अनुसार पुरस्कृतहरूलाई छिट्टै कार्यक्रम गरेर पुरस्कृत गरिने छ । पुरस्कृत प्रतिभाहरुले जनही २०० डलर नगद र प्रमाण पत्र प्राप्त गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published.