आठ जनालाई नइ बाल पुरस्कार

Highlights राष्ट्रिय समाचार

नइ प्रकाशनले पन्ध्र वर्षमुनिका आठ जना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ ।
बहुआयामिक प्रतिभा सुश्री सम्पदा दुलाललाई ‘नइ देरुनीखपू बाल पुरस्कार’, साहित्यतर्फ श्री विभूति अधिकारी, चित्रकलातर्फ सुश्री रिकिस्ना डङ्गोल, सङ्गीततर्फ श्री सन्देश पौडेल, नृत्यतर्फ सुश्री रशु पन्त र खेलकुदतर्फ सुश्री नयना शाक्यलाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरिने भएको छ । ताम्रपत्रका साथ यी सबै पुरस्कारका राशि जनही दस हजार रुपियाँ रहेका छन् ।
नइ प्रकाशनले १० वर्षीय सुश्री सिचु मानन्धर र नासिका ठकुरीलाई नृत्यतर्फको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ समर्पण गर्ने भएको छ । ताम्रपत्रका साथ ‘नइ कोपिला पुरस्कार’को राशि जनही सात हजार पाँच सय रुपियाँ रहेको छ ।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेकाे उक्त प्रकाशनद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published.