बालबालिकासँग कसरी कुराकानी गर्ने ?

Highlights अडियो / भिडियो

बालबालिकासँग अन्तरक्रिया

बालबालिकासँग कसरी उनीहरूको विकासात्मक अवस्था अनुरूप कुराकानी गर्न सकिन्छ?

उमा घिमिरे, युनिसेफ (याे अडियाे किताब सरिता अर्यालले तयार गर्नुभएकाे हाे ।)

अभिभावक तथा हेरालुले शारीरिक र शाब्दिक दुवै भाषा बाट अन्तरक्रिया गर्नुपर्छ, जसले गर्दा उनीहरूले सुन्न, बुझ्न, छिट्टै बोल्न र ठूलासँग सम्बन्ध विकास गर्न सक्छन् । बालबालिकाले प्रारम्भिक उमेरमा धेरै भाषा सिक्न सक्ने विभिन्न अनुसन्धानले देखाएको छ, तर यसमध्ये गर्भावस्था देखि सुनेको भाषामा अन्तरक्रिया गर्दा उनीहरूको प्रारम्भिक सिकाइ प्रभावकारी हुने र आफ्नो भाषा समेत दोश्रो पुस्तामा हस्तान्तरण हुन्छ । बालबालिकासँग उनीहरूको विकासात्मक अवस्था अनुरूप कुराकानी गर्नुपर्छ ।

१. गर्भावस्थामा

बालबालिकाले गर्भमा रहँदा देखि नै सुन्न सक्ने तथ्य नेपाली समाजका पौराणिक दस्तावेजहरूमा पाईन्छ । साथै गर्भवती महिलाको वरिपरि राम्रो कुरा गर्ने, बौद्धिक संवादमा सहभागी गराउने चलन पनि विद्यमान छ, जुन गर्भभित्रको शिशुले सुन्न सक्छ भन्ने प्रमाण हो । हाल पनि केहि सचेत गर्भावती महिलाले सुन्ने गरेको गीत संगीत बजाउँदा शिशुले प्रतिक्रिया दिने गर्दछन् भन्ने अनुभवहरू सुनाउने गरेको पाईन्छ । बालबालिकाको बौद्धिक क्षमता अभिवृद्धि गर्न गर्भावस्थामा महिलाले सकारात्मक कुराकानीमा सहभागी हुने, विभिन्न गीत संगीत सुन्ने, आफ्नो पेटमा हात राखेर शिशुलाई बोलाउने, आफुलाई भोकलाग्दा “तिमीलाई पनि भोक लाग्यो ?” भनेर बच्चाको बाबुले पनि गर्भमा स्पर्श गरेर “मेरो बाबु/नानु के छ?”, आज दिनभरी के के सुन्यौ ? जस्ता कुराहरू गर्ने गर्नुपर्छ । आमाले पनि प्राकृतिक आवाजहरू सुन्ने र मनमनै “उ.. हेर त कस्तो मीठो स्वरमा चरा कराएको, आहा ! कति राम्रो कल…कल..नदी बगेको ।” भन्दै  प्राकृतिक आवाजहरू सुन्ने र गर्भमा रहेको शिशुसँग पनि  अन्तरक्रिया गर्ने गर्नुपर्छ ।

२.जन्मपश्चात

बालबालिकाले जन्म पश्चात आवाज आएतिर हेर्ने, आँखा जुधाउने जस्ता शारीरिक प्रतिक्रिया दिने गर्दछन् । यो बेला उनीहरूले आमाबुबा वा हेरालुको अनुहारको गहिरो अवलोकन गर्छन्, र हाउभाउको प्रतिक्रिया दिन्छन् । त्यसैले अभिभावकले शिशुलाई काखमा राखेर, आँखामा आँखा जुधाएर कुरा गर्नुपर्छ । शिशुसँग कुरागर्दा नरम बोली, सानो स्वर र लेग्रो तानेर, बोल्नुपर्छ । बालबालिकाको भाषा, जस्तै भातलाई माम, विरालोलाई म्याँउ, दूधलाई बुबु भन्दा फरक पर्दैन । तर तोते बोली भने बोल्नु हुदैन । शुरूमा शिशुको जिब्रोका मांसपेशीहरू विकसित हुने क्रममा तोते बोली बोल्छन्, तर अभिभावक वा हेरालुले स्पष्ट बोलेपछि मात्र उनीहरू पनि स्पष्ट बोल्न थाल्छन् ।

https://www.unicef.org/nepal/ne/%E0%A4%95%E0%A4%A5%E0%A4%BE/%E0%A4%AC%E0%A4%BE%E0%A4%B2%E0%A4%AC%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8%E0%A4%81%E0%A4%97-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A4%BE?fbclid=IwAR1xB9T44mplvB6dAdXelYca3LYjjxrXDh5KGp0uBs3lgz6kEc6Pecn1iEk

Leave a Reply

Your email address will not be published. Required fields are marked *