बाल व्यवसायी स्कुलमा स्रष्टा सम्मान तथा पाठक क्लबको उद्घाटन

Featured राष्ट्रिय विद्यालय समाचार समाचार

काठमाडौँ, साउन १२/ बाल व्यवसायी केन्द्र मावि, कालोपुल, सिफलका विद्यार्थी बालबालिकासँग लेखक भेटघाट तथा स्रष्टा सम्मान कार्यक्रम तथा पाठक समीक्षक क्लब उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
विद्यालयका प्राचार्य श्यामप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘सम्पदा दर्शन’ बालनियात्राकृतिका लेखक सुशीला देउजालाई सम्मान गरिएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरुमा पठन संस्कृतिको विकासका लागि समर्पित पाठक समीक्षक क्लबमा ४० जना बालबालिकाहरु रहनुभएको छ ।


समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु वडाल र प्राचार्य भण्डारीले संयुक्त रुपमा लेखकलाई दोसल्ला ओढाई माला लगाइदिएर ताम्रपत्र समर्पण गरी सम्मानित गर्नुभएको थियो । सम्मान समारोहमा बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरेले सम्मानित स्रष्टाबारे प्रकाश पार्नुभएको थियो ।
‘सम्पदा दर्शन’ बालसाहित्य प्रतिष्ठान नेपालबाट प्रकाशित कृति हो । यसको वितरक केटाकेटी मिडिया हो ।

Leave a Reply

Your email address will not be published.