भक्तपुर, साउन १७/ क्वालिटी अंग्रेजी स्कुलमा ‘विद्यालयका बालबालिकासँग लेखक’ भेटघाट तथा स्रष्टा सम्मान कार्यक्रम साेमवार सम्पन्न भयाे ।
विद्यालयका प्रिन्सिपल जी.बी. खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘सम्पदा दर्शन’ बालनियात्रा कृतिका लेखक सुशीला देउजालाई सम्मान गरिएको छ ।
क्वालिटी अंग्रेजी स्कुलको कक्षा ९ र १० मा यस वर्षबाट पढाई हुँदै आएको ‘सम्पदा दर्शन’ कृतिका लेखकसँग प्रत्यक्ष भेटघाट गरी छलफल गर्नपाउँदा विद्यार्थीहरु उत्साहित हुनुभएकाे थियाे ।
सम्मानित स्रष्टा सुशीला देउजाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरे विशेष अतिथि र कवि इश्वर थोकर अतिथिका रुपमा रहनुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष घिमिरेले सम्मानित स्रष्टाबारे बोल्दै लेखक देउजाका १३ वटा कृति प्रकाशित भएकाे र उहाँ नियात्रा लेखनमा परिचित लेखक हुनुहुन्छ भन्नुभयाे । कार्यक्रममा कवि थोकरले कविता वाचन गर्नुभयो ।
‘सम्पदा दर्शन’ कृतिबारे आफ्नो मन्तव्य राख्दै विद्यालयका प्रिन्सिपल एवम् कवि जी. बी. खड्काले बालबािलकालाइ सँगै लिएर यात्रा गरी सम्वादमय रोचक शैलीमा तयार गरिएकाे ‘सम्पदा दर्शन’ कृति बालबालिकाले मन पराएका छन् भन्नुभयो । उहाँले कृतिले बालबालिकालाई स्थानीय सम्पदा भ्रमण र सम्पदाबारे जानकारी लिन जिज्ञासा बढाएकोमा खुसी व्यक्त गर्नुभयो ।
कक्षा १० की छात्रा आयुषा नेपालले संचालन गर्नुभएको कार्यक्रममा बालबालिकाहरुले लेखकसँग रोचक संवाद गर्नुभएको थियो । कृतन ढुंगानाले कृति समीक्षा गर्दै सम्पदा दर्शन किताब पाठ्यपुस्तकलाई सहयोग गर्ने किताब हो भन्नुभयो । लेखकसँगको छलफलमा नवीना राउत, अमन खड्का, करुणा सुनार, प्रवेश बास्तोला लगायत बालबालिकाहरुले सक्रिय सहभागिता देखाउनु भएको थियो ।
‘सम्पदा दर्शन’ बालसाहित्य प्रतिष्ठान नेपालबाट प्रकाशित कृति हो । यसको वितरक केटाकेटी मिडिया हो । याे कृति यस वर्ष उपत्यकका ६ विद्यालयमा सामाजिक शिक्षाा विषय अन्तर्गत अतिरिक्त पाठ्यसामग्रीकाे रुपमा पढाइ भएकाे छ ।