- केरूसा खतिवडा, कक्षा. ८ ‘जानकी’, एभरेस्ट स्कुल भक्तपुर ।
आहा ! मेरो सुन्दर देश नेपाल, सुन्दर शान्त विशाल
प्रकृतिले उपहार स्वरूप दिएको चाँदी झै टल्कने सेतो हिमाल ।
मेरोजन्मभूमि यो, कर्मभूमि भूमि पुण्यको
शिर सदा उच्च राखी बढाउँछु स्वाभिमान यो ।
काट्छु रात बरू भोकभोकै, , हात थापी माग्न सक्दिनँ म
शिर उठाई बाच्दँछु, कहिले झुक्न सक्दिनँ म ।
यही देशको निम्ति रोपेको छु जीवनको शक्ति
म मरे नि सदा अटल रहन्छ ममा देशभक्ति ।।
बिडम्बना, अहिले कहाँ हराएको छ त्यो देशभक्तिको भावना
गिध्दे नजर लगाएका छन् हाम्री नेपाल आमाको सुन्दरतामा
चाहे शत्रुले नै माथ कि न नताकुन् नेपालीको नेपालमा ।
अन्तिम श्वाससम्म गुनगुनाइरहन्छन् यो देशको महिमा ।।
एउटैमालामा हास्नँ सक्छन कयौँ नेपाली फूलहरु
वीर गोखालीको प्रतीक देखाई देश भक्तमा समर्पित हुनुपर्छ सच्चा देशभक्तहरु ।।
