देशको माया

Highlights कविता साहित्य
  • प्रयाग राज भट्टराई, कक्षा- ८ ‘ जानकी ’, एभरेस्ट स्कुल, भक्तपुर

गुराँस फुली झलमल भई वनपाखा राता छन् ।
यो सुन्दर भूमि भ्रमण गर्न पर्यटक आका छन् ।।

कलकल बग्ने खोला र नदी झरझर झर्दछन ।
मोतीका दाना झैँ चम्की हिमाल, टलटल टल्कन्छन् ।।

देशको निम्ति लड्छु म सधैँ रगत बगाई ।
हे आमा नेपाल तिमीलाइ सधैँ मटुमा सजाई ।।

फरफर गर्छ झण्डा यो हाम्रो विश्वको शिर ।
खुसीले भन्छाैँ सन्तान हाैँ हामी नेपाली वीर ।।

त्यसले भन्छु याे देशकाे माटाे स्वर्गकै भूमि हाे ।
अन्याय गरे ज्यान बाजी राखी यसैमा लड्ने हाे ।।

याे देशकाे निम्ति शत्रकुाे सामु ज्यान बाजी राख्नेछु।
संसार सामु वीर नेपालीकाे नाम अझै राख्नेछु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *