
भक्तपुर, पौष ४/ नेशनल प्याब्सन भक्तपुरद्वारा आयोजित जिल्लास्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुलकी छात्रा प्रशंसा कार्कीले पहिलाे स्थान प्राप्त गरी बागमती प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट हुनुभएको छ ।
इडेन गार्डेन स्कुलका छात्राहरु सदीक्षा बुढा दाेस्राे र सुप्रिया श्रेष्ठले तेस्राे स्थान प्राप्त गर्न सफल हुनुभएको यस कार्यक्रममा पारागन एकेडेमीका छात्र एन्जल खड्काले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।
इडेन गार्डेन स्कुलमा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगिताको प्रमुख अतिथि नेशनल प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष पुण्यराम कवांले शिल्ड, जिल्ला अध्यक्ष संजय खड्काले मेडल र जिल्ला सचिव जय प्रकाश राईले टीका तथा खादा लगाई विजयी विद्यार्थीहरुलाई बधाई एवं शुभकामना प्रदान गर्नु भएको समाचार कार्यक्रम संयोजक नेशनल प्याब्सनका सदस्य सुमन शिल्पकारबाट प्राप्त भएको छ ।

