पोखरामा ‘सम्पदा दर्शन’ का लेखकसँग छलफल कार्यक्रम सम्पन्न

Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

कास्की, पुस १२/ ‘सम्पदा दर्शन’ बालनियात्राकृतिका वरिष्ठ लेखक सुशीला देउजासँग भास्कर मेमोरियल स्कुल, पोखरामा कक्षा ६ मा अध्ययनरत बालबालिकाहरुले हिजो पुस ११ गते छलफल गर्नुभएको समाचार प्राप्त भएको छ ।

बालसाहित्य प्रतिष्ठान नेपालको नियमित लेखक भेटघाट कार्यक्रम ‘विद्यालयका बालबालिकासँग लेखक भेटघाट’ (Meet the Author with School Children) अन्तर्गत भास्कर मेमोरियल स्कुलको आँगनमा आयोजित यस कार्यक्रममा ४५ जना बालबालिकाहरु सहभागी हुनुभएको थियो ।
विद्यालयका संस्थापक माधवी बास्तोलाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बालबालिकाहरु निकै उत्साहका साथ सहभागी हुनुभएको थियो ।

उक्त अवसरमा लेखक देउजाले आफूले सिर्जना गर्नुभएका बालकृतिहरु विद्यालय परिवारलाई उपहार प्रदान गर्नुभएको थियो । विद्यालय परिवारद्वारा लेखक देउजालाई खादा, माला अर्पण गरी सम्मान गरिएको थियो ।

संस्थापक माधवी बास्तोलाज्यूसँग लेखक देउजा
भास्कर स्कुलकाे आँगनमा संस्थापक र प्रिन्सिपलज्यूहरुसँग लेखक देउजा
लेखकसँग अटाेग्राफ लिनुहुँदै बालबालिकाहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *