स्वयम्भूको यात्रा

Highlights मलाई केही भन्नु छ यात्रा साहित्य साहित्य
  • खुसी लामा, कक्षा : १० , सुदेशा हाइस्कुल, ललितपुर  

बोधिसत्त्व मञ्जुश्रीले एकपटक स्वयम्भूमा कमलको फूल देख्नुभयो र त्यहाँ गएर पूजाआजा गर्नुभयो । उहाँले त्यहाँ मानिसहरुको राम्रो बसोबास हुन सक्ने देखेर उहाँले चोभारलाई काटेर काठमाडौको सबै पानी बाहिर पठाउनु भयो र हाल काठमाडौ उपत्यका रहन गएको हो ।  कमलको फूल भएको स्थान पहाडमा परिणत भयो र फूल स्वयम्भुनाथ स्तूप रहन गयो । मलाई बाबाले यो सुनाउनुभएको थियो । त्यसैले स्वयम्भू जाने रहर थियो । सानै हुँदा गएको तर खासै याद नभएकाले म दोस्रो पटक स्वयम्भू गएको थिएँ ।

            म बारबार सम्झिरहन्छु त्यो यात्रा,त्यो स्थान, त्यो भ्रमण अनि पवित्र भूमि स्वयम्भू  जुन मेरा लागि अत्यन्तै उत्साहजनक,  यादगार अनि  ज्ञानवर्धक बनेको छ  ।  सानै हुँदादेखि धेरै ठाउँहरु भ्रमण गरेँ तर कुनै-कुनै यस्ता ठाउँहरु हुँदारहेछन् जसले अत्यन्तै मन छुने रहेछ  । यस्तै काठमाडौँ उपत्यकाको स्वयम्भूनाथ  भ्रमणमा जुन  दृश्यतर्फ मेरा दृष्टि परे त्यो आज म यो नियात्रा मार्फत व्यक्त गर्दैछु  । गुरुआमाले नियात्रा भन्नासाथ मेरो मानसपटलमा त्यो दिन नै आउँछ । हुन त काठमाडौँ उपत्यकामै बस्ने म धेरै लामो यात्रामा थिइनँ ।  तर गाडीबाट ओर्लेर जब स्वयम्भूनाथ प्रस्थान गरे तब अगाडिका दृश्यहरु म अझै सम्झन्छु मलाई स्वर्ग यही हो जस्तै लाग्यो ।

उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो ।  यसलाई ‘ महाचैत्य ‘ पनि भनिन्छ । काठमाडौंको स्वयम्भूनाथ लाई बाँदरको मन्दिर पनि भनिन्छ । यो सबै बाँदरहरूको समूहसँग सम्बन्धित छ जुन स्वयम्भुनाथ मन्दिर परिसरको उत्तरपश्चिम भागमा पुस्तौँदेखि बस्दै आएका छन् । बौद्ध देवता मञ्जुश्रीले मन्दिरहरू बनेको पहाडमा समय बिताएपछि तिनीहरूको अस्तित्व भएको मानिन्छ । उनले आफ्नो कपाल छोटो काट्ने उद्देश्य राखेका थिए तर यसको सट्टा उनले कपाल लामो हुन दिए र टाउकोमा जुम्रा लगायत जुम्रा हरु त्यसपछि बाँदरमा परिणत भए रे यस्तै सुनेको नभन्दै त्यहाँ कति धेरै बाँदर म त बाँदर हेरेको हेर्यै भएछु । मेरो अगाडी केहि बाँदरहरु दौडिरहेको देख्नु र सम्झनु स्वयम्भूनाथ  मन्दिरको भ्रमणको अनुभव सानो अंश मात्र हो ।

बाबाले बेला बेलामा कति टोलाएको भनेर बोलाउँदा झस्किदै हिँडिरहेकी थिएँ । सडकबाट मुख्य स्तूप सम्मको ३६५ पाइलाहरू लामो र ठाडो पैदलयात्रा बाट सुरु हुन्छ।  बाटोमा साना तीर्थस्थलहरू र पसलहरु धेरै मूल्यमा स्मारिकाहरु बेच्छन् ।  स्वयम्भुनाथको शीर्षमा सबैभन्दा पहिले मैले ठूलो बज्र देखेँ । र त्यसभन्दा पछाडि भने ठुलो मुख्य स्तुप देखेँ । स्तूपमा चित्रित बुद्धका आँखाले मलाई हेर्नुभयो जस्तै लाग्यो ।  माथिल्लो भागमा सुन रङ्गिएको थियो र प्राथना पाङ्राहरु आधार वरिपरि  घुमाएको थियो । म प्राथना पाङ्ग्राको बाटोमा घडिको दिशामा हिँड्न थालेँ । र यो केन्द्रीय क्षेत्रमा स्तुताभन्दा धेरै कुराहरु छन् भन्ने महसुस गरेँ ।

 त्यहाँ विभिन्न मन्दिरहरू साना स्तुपहरु, प्रस्ताव स्थानहरु र समाधिस्थल हरु पनि छन यस्तो वरपरका मुख्य विन्दुहरुमा पृथ्वी, वायु,पानी, अग्नी र आकाश पाँच तत्वलाई समर्पित भवनहरु छन् । यहाँ मानिसहरु बौद्ध प्राथना मोतीहरु प्रयोग गरेर प्रार्थना गरिरहेका हुन्छन् जब म मुख्य सिँधीको विपरित छेउमा थिए तब म चिहानको छेउमा उभिरहेको थिएँ ।  स्थानीय भिडले प्रसाद बनाउँदै र प्रार्थनाका पाङ्ग्राहरु घुमाउँदै गरेको आदरपूर्वक हेरिरहेको थिएँ । त्यसैगरी यस क्षेत्रका अन्य आकर्षणहरुमा स्वयम्भूको पश्चिमतर्फको बुद्धको मूर्ति, बुद्धको प्रतिमा र परम्परागत तिब्बती चित्रहरू प्रदर्शन गर्ने, सुत्ने बुद्ध र देवा धर्म मठ समावेश छन् ।  

यो आध्यात्मिक पूजास्थल हावामा मिठो धुप र घिउ बत्तीको सुगन्ध साथै हरेक ठाउँलाई सजाउने उत्कृष्ट जटिल नक्काशीको साथ असाधारण अनुभव थियो मेरो । बुद्धको मनको प्रतिनिधित्व गर्दै स्तुप भ्रमण गर्नु भनेको बुद्धलाई व्यक्तिगतरुपमा भेट्नु जस्तै हो भन्ने कुरा मैले महसुस गरेँ संसारलाई शान्ति, स्वतन्त्रता र आनन्द प्रदान गर्ने र अनन्त र हामीलाई पूर्ण ज्ञान प्राप्त गर्ने  मद्दत गर्ने ठाउँ हो स्वयम्भूनाथ र यी सबै दृश्यहरू अवलोकन गरेर हामी फर्कियौँ । तर यो यात्रा र त्यो ठाउँ मलाई प्राय याद आउँछ । त्यो यात्रा अनौठो त्यो ठाउँको नाम सुन्दै श्रद्धाभाव पैदा हुन्छ । यस्ता ठाउँ छन् जुन प्रत्येक नेपालीले जानैपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *